९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै
फाइल फोटो
अ अ+ अ-

मुस्ताङ। मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनुदान सहयोगमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयको छात्राबास भवन निर्माण सुरु गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका तथा कठिन परिस्थितिका बालबालिकाका लागि शैक्षिक पठनपाठन तथा आवासीय सेवा सहज गराउने उद्देश्यले प्रदेश सरकारले बर्सेनि विद्यालयको आवासीय छात्राबास भवन निर्माणमा आवश्यक बजेट विनियोजन गर्दै आइरहेको छ ।

गण्डकी प्रदेश सरकारले यहाँको जननर्मल माध्यमिक विद्यालयलाई हिमाली तथा दुर्गम क्षेत्र नमुना विद्यालयका रुपमा विसं २०७६ मा सूचीकृत गरेको थियो । नमुना विद्यालयका रुपमा सूचीकृत भएसँगै प्रदेश सरकारले विसं दोस्रो वर्षदेखि विद्यालयको छात्राबास भवन बनाउन योजना अघि बढाएको थियो । कोभिड माहामारीका कारण विद्यालयको छात्राबास भवनको भौतिक निर्माण प्रभावित बनेको थियो ।

भवन निर्माणका लागि प्रदेश सरकारअन्तर्गत आव २०८०÷०८१ देखि क्रमागत रूपमा बजेट विनियोजन भइरहेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । विद्यालयको चारतले भवनको लागत अनुमान आठ करोड रहेको भए पनि प्रदेश सरकारबाट बर्सेनि न्यून बजेट विनियोजन हुँदा भवन निर्माण सम्पन्न हुन ढिलाइ भएको उहाँको भनाइ छ ।

हिमाली तथा दुर्गम क्षेत्र नमुना विद्यालयको आवासीय छात्राबास भवन तथा पूर्वाधार निर्माणका लागि चालु आवमा प्रदेश सरकारबाट रु ४५ लाख सात हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख दर्जीले बताउनुभयो । छात्राबास तथा पूर्वाधार निर्माणका लागि अघिल्लो दुई आवमा रु एक करोड विनियोजन भएकामा उक्त बजेटबाट छात्राबासको दोस्रो तलाको भौतिक संरचना निर्माण भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारबाट ‘हाम्रो विद्यालय नमुना विद्यालय’का रूपमा सूचीकृत भई पूर्वाधार निर्माणका योजना अघि बढाइएको भए पनि ठूलो आकारको बजेट विनियोजन हुन नसक्दा छात्राबास भवन निर्माणलाई पूर्णता दिन समस्या भएको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले जानकारी दिनुभयो ।

“यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका १२३ जना विद्यार्थी अध्ययनरत छन् । भवन नहुँदा आवासीय सुविधा उपलब्ध गराउन असहज भइरहेको छ”, प्रधानाध्यापक गुरुङले भन्नुभयो, “ विद्यालयको पुरानै जीर्ण भवनमा छात्रलाई राखेका छौँ भने छात्राका लागि बनिरहेको भुइँतलामा व्यवस्थापन गरेका छौँ ।”

यहाँको कठिन परिस्थिति भएका तथा आर्थिक अभाव भएका बालबालिका पढ्दै गरेको जननर्मल माध्यामिक विद्यालयका २७ जना विद्यार्थीलाई चालु आर्थिक वर्ष रु १० लाख बजेट आवासीय अनुदान प्राप्त हुने प्राधानाध्यापक गुरुङले बताउनुभयो ।

यसैगरी, सङ्घीय सरकारबाट हिमाली आवासीय अनुदानस्वरुप १० महिनाका लागि प्रतिविद्यार्थी मासिक रु पाँच हजार अनुदान सहयोग रहेको उहाँले जानकारी दिनुभयो । रासस