९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको पनि मार्ग खुल्यो

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको पनि मार्ग खुल्यो
अ अ+ अ-

म्याग्दी। म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ ।

समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने भक्तजन र पर्यटकका लागि तेस्रो विकल्प बनेको हो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट हँुदै मालिका जोड्ने सडक विसं २०८० र रघुगङ्गा गाउँपालिकाको ठाडाखानी हुँदै मालिकाको फेदीसम्म विसं २०८१ मा सडक पुगेको थियो ।

मङ्गला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने चार किलोमिटर ५०० मिटर दूरीको सडकको मार्ग खुलेको निर्माण समितिका अध्यक्ष थमप्रसाद पुनले बताउनुभयो ।

“गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाख बजेटबाट ठेक्कामार्फत हिदीदेखि सुर्ती चढाउने डाँडासम्म दुई किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको थियो”, उहाँले भन्नुभयो, “हिदीका बासिन्दा र स्वदेश तथा विदेशमा रहेकाहरुबाट चन्दा सहयोग जुटाएर सुर्ती चढाउने डाँडादेखि गिद्रे हँुदै जुगेदेउराली जोडिएको सडकको ग्रेड र घुम्ती मिलाउने काम भइरहेको छ ।”

सडक सुधारको सबै काम सकिएपछि चन्दा सङ्कलन अभियान, आम्दानी र खर्च विवरण सार्वजनिक गरिने पुनले बताउनुभयो । हिदीबाट एक घण्टामै मालिका पुग्न सकिने उहाँले बताउनुभयो । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सकिने भएको हो ।

पैदलयात्रा गरेर हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको थियो । यातायातको सुविधा भएमा यात्राअवधी दुई घण्टामा छोटिने र यो सडक बेनीदेखि मालिका जोड्ने सबैभन्दा छोटो दूरीको हुने हिदीबासीको दाबी छ ।

मालिकाबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमालहरुका साथै सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गन सकिन्छ ।

चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन् । रासस