२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छः मुख्यमन्त्री कँडेल



अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नवौँ प्रदेशसभामा उहाँले कर्णालीमा प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि, पर्यटन, जलस्रोत क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने तर्क गर्नुभयो । “यस प्रदेशमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ । यद्यपि, परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि सरकारले सहजीकरण गर्छ ।”

मुख्यमन्त्री कँडेलले लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको बताउनुभयो । उहाँले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलल विकास एक्लैले सम्भव नहुने भएकाले सबै क्षेत्रको सहकार्यबाट कर्णालीलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो ।  रासस