९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान



अ+ अ-

झापा। साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार धरावासीलाई उक्त सम्मान प्रदान गरेको हो ।

आज नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको नगर कार्यालयले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुलीलगायतले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पार्नुभयो । समितिकी संयोजक कञ्चना काफ्लेले सहभागीलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गर्नुभएको थियो ।

सोही कार्यक्रममा साहित्य विमर्शसमेत गरिएको छ । विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्य प्रमुख वक्ताका रूपमा रहनुभएको थियो भने विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारले कविता, गीत, गजललगायत रचना प्रस्तुत गर्नुभएको नगरउपप्रमुख पराजुलीले बताउनुभयो । नगरले प्रदान गर्दै आएको उक्त दीर्घसेवा सम्मानबाट सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसक्नुभएको छ ।  रासस