१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने



फाइल फोटो
अ+ अ-

चितवन। चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने भएको छ । यही चैत २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सो सम्मेलन हुने भएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । सम्मेलनका सदस्यसचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा चार विधामा ४२ कार्यपत्र प्रस्तुत गरिने छन् ।

उहाँका अनुसार सम्मेलनमा मौरीपालन, एपी थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग र किरा व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुतीकरण एवं छलफल हुने छ । सम्मेलनमा नेपालसहित भारत, थाइल्यान्ड, चीन, कोरिया, अमेरिका क्यानाडा, ग्रिस, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका गरी १९ देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा मह प्रदर्शनी तथा मेलासमेत आयोजना गरिने छ । जसमा आठ वटा स्टल रहने छन् । सम्मेलनमा हनी बार सञ्चालन गरिने आयोजकको भनाइ छ । नेपालमा पाइने मह चखाउन पनि बार सञ्चालन गर्न लागिएको हो । रासस