८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

रोकिएका विद्युत् खरिद सम्झौता १८० दिनभित्र टुंग्याइने सरकारको घोषणा

रोकिएका विद्युत् खरिद सम्झौता १८० दिनभित्र टुंग्याइने सरकारको घोषणा
अ+ अ-

काठमाडौं। सरकारले ऊर्जा तथा जलस्रोत क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित एक सय दिनभित्र सम्पन्न गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीअनुसार ऊर्जा उत्पादन, प्रसारण, वितरण र निर्यातलाई तीव्र गतिमा अघि बढाउने स्पष्ट योजना अघि सारिएको छ।

सरकारले ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने जनाएको छ। ऊर्जा क्षेत्रको अवरोध हटाउँदै द्रुत विकास सुनिश्चित गर्न हाल पेन्डिङमा रहेका सबै विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्र सम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र टुंग्याउने लक्ष्य राखिएको छ।

विद्युत् निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार, विशेषगरी साँझको पीक समयमा केन्द्रित गर्ने रणनीति तत्काल कार्यान्वयनमा लैजाने सरकारको योजना छ। साथै, नेपाल विद्युत् प्राधिकरण को संरचनात्मक सुधारका लागि रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी सुनिश्चित गर्न सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी समेट्ने बहुआयामिक वित्तीय संरचना विकास गरिनेछ। यी सुधारहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई स्पष्ट समयसीमा निर्धारण गरिने पनि सरकारले जनाएको छ।

खानेपानी तथा सरसफाइ क्षेत्रतर्फ विभिन्न निकायबीचको समन्वय अभाव अन्त्य गर्न उच्चस्तरीय “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गरिने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थानखानेपानी तथा ढल व्यवस्थापन विभाग समावेश उक्त संयन्त्रले ३० दिनभित्र एकीकृत संरचना तथा सुधार प्रस्ताव पेश गर्नेछ।

त्यसैगरी, फेवा ताल जलाधार क्षेत्र संरक्षणका लागि अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन, मुहान संरक्षण तथा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम तीन महिनाभित्र अघि बढाइनेछ।

शहरी व्यवस्थापन सुधारतर्फ सरकारले शहरी विकास विधेयक र फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न दुई महिनाभित्र मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि लैजाने तयारी गरेको छ।