३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता



अ+ अ-

काठमाडौं । जिबूतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएमले बिहीबार जनाएको छ ।

गत मार्च –२४ को राति जिबूतीको तटमा ३२० जना आप्रवासी यात्रुहरू बोकेको जहाज दुर्घटना भएको आइओएमले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ । संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सीले जिवित तथा वेपक्ता मानिसहरूलाई सहयोग गर्न र खोजी र उद्धार प्रयासहरू स्थानीय अधिकारीहरूसँग मिलेर गरिरहेको बताएको छ ।

पछिल्लो त्रासदीपुर्ण घटना जिबूतीको लाल सागर तटमा रिपोर्ट गरिएका धेरै घातक दुर्घटनाहरू मध्ये एक भएको जनाइएको छ । द्वन्द्वग्रस्त यमन हुँदै मध्यपूर्व पुग्ने आशामा धेरै आप्रवासीहरूले डुङ्गाको खतरनाक यात्रा गर्ने गरेको जनाइएको छ ।