८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

आगामी वर्षको बजेट बनाउन नयाँ सरकार कुर्दै अर्थ मन्त्रालय

आगामी वर्षको बजेट बनाउन नयाँ सरकार कुर्दै अर्थ मन्त्रालय
अ+ अ-

काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी रहँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीव्र पारेको छ। मन्त्रालयले आगामी बजेटलाई नयाँ सरकारको आर्थिक नीति र सत्ता समीकरणका प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रसँग समेत जोडेर अघि बढाउने तयारी गरेको छ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार हाल मन्त्रालय नयाँ सरकार गठन र नयाँ अर्थमन्त्रीको आगमनको प्रतीक्षामा छ। निर्वाचनपछि बन्ने नयाँ सरकारको नेतृत्वमा बजेटले अन्तिम रूप पाउने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी बजेट निर्माणमा रास्वपाको वाचापत्रलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिए । उनले नयाँ सरकार आएपछि आर्थिक नीति, संवैधानिक दायित्व र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत समेटेर बजेट तयार गरिने स्पष्ट पारे ।

रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकासको खाका प्रस्तुत गरिएको थियो। सुशासन र नीतिगत सुधारलाई आधार मानेको उक्त वाचापत्रमा वैदेशिक लगानी विस्तार, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधि प्रवर्द्धन र कर प्रणालीमा संरचनात्मक सुधारजस्ता एजेण्डा समेटिएका छन्।

वाचापत्रमा नेपाललाई मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने आधार तयार गर्ने र पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउने लक्ष्य उल्लेख गरिएको छ। त्यस्तै, अर्थतन्त्रको आकारलाई करिब १०० अर्ब अमेरिकी डलरसम्म पुर्‍याउने दीर्घकालीन योजना पनि प्रस्तुत गरिएको छ।

सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको दोस्रो प्रमुख आधारका रूपमा विकास गर्ने रास्वपाको योजना छ। हालको निर्यातलाई उल्लेख्य रूपमा विस्तार गर्दै आगामी दशकमा ३० अर्ब अमेरिकी डलरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ। यसका लागि डिजिटल पूर्वाधार विस्तार, ग्लोबल टेक हब निर्माण र प्रदेशस्तरमा डिजिटल पार्क स्थापना गरी ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।

ऊर्जा क्षेत्रमा पनि महत्वाकांक्षी लक्ष्य राखिएको छ। आगामी दशकमा ३० हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता पुर्‍याउने, विद्युत् खपत बढाउने गरी महशुल संरचना पुनर्संरचना गर्ने तथा सन् २०३५ सम्म प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १५ सय किलोवाट आवर पुर्‍याउने रणनीति वाचापत्रमा समेटिएको छ। साथै भारत र बंगलादेशसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने नीति पनि उल्लेख छ।

व्यवसायिक वातावरण सुधारका लागि कर प्रणाली र कानुनी संरचनामा व्यापक सुधार गर्ने योजना पनि रास्वपाले अघि सारेको छ। उत्पादन लागत बढाउने तथा अवरोध सिर्जना गर्ने करिब दुई दर्जन कानुन खारेज वा संशोधन गर्ने घोषणा गरिएको छ। आयकर प्रणालीलाई पारिवारिक भारका आधारमा पुनरावलोकन गर्ने र शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चलाई करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्ने प्रस्ताव समेत वाचापत्रमा समेटिएको छ।

अर्थ मन्त्रालयले यी नीतिगत दृष्टिकोणलाई आगामी बजेटमा समेट्ने तयारी गरेको हो। बजेटलाई राजनीतिक दस्ताबेज समेत मानिने भएकाले प्रमुख सत्तारूढ दलको आर्थिक दृष्टिकोणलाई पनि समावेश गरिने मन्त्रालयको भनाइ छ।

बजेट निर्माण प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट सिलिङ निर्धारण गरिसकेको छ। तोकिएको सीमाभित्र रहेर योजना तथा कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिइएको छ।

बजेट क्यालेन्डर अनुसार चैत मसान्तभित्र सबै मन्त्रालयले आफ्ना प्रस्ताव अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ। त्यसपछि प्रस्तावित कार्यक्रमहरूमाथि विस्तृत छलफल सुरु गरिनेछ।

नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा केही परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले सहजीकरण गर्ने भूमिका खेल्ने सहसचिव पाण्डेयले बताए । उनका अनुसार प्रस्तावित कार्यक्रमहरू कानुनी व्यवस्था, बजेट मार्गदर्शन तथा सरकारको नयाँ नीतिसँग मेल खाने–नखाने विषयमा गहन समीक्षा हुनेछ।

बजेट प्रस्तावहरूमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयबीच त्रिपक्षीय छलफल हुने तयारी छ। सरकारले लिने नीति र प्राथमिकतासँग मेल खाने कार्यक्रमलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयले आवश्यक प्राविधिक तथा प्रक्रियागत तयारीलाई तीव्रता दिएको छ।