९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीको बधाई, रास्वपाको धन्यवाद



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याउन सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टीले बधाई दिएको छ । आज चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्रमार्फत् सो बधाई ज्ञापन गरेको हो ।

सिपीसीको सो पत्रमा रास्वपालाई बधाई ज्ञापन गर्दै रास्वपासँगको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अघि बढाइने बताइएको छ । यता रास्वपाले पनि सो बधाई प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकीहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका हुन् ।