६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाेखरामा असिनाले फलफूल र तरकारी बालीमा क्षति



अ+ अ-

काठमाडाैँ । असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ ।

असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। सुन्तला, आँप, लिची जस्ता फलफूलमा फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए ।

बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा असिना छेक्ने जालीको प्रयोगलाई बढाउँदै लगिएको शाखा प्रमुख कडरियाले बताए। महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइसकेको उनको भनाइ छ ।

कृषि बिमातर्फको आकर्षण पनि बिस्तारै बढ्दै गएको उल्लेख गर्दै उहाँले तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरेको पाइएको उनले बताए । असिना, हावाहुरीलगायत प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि किसान समस्यामा पर्ने गरेका अगुवा किसान रमेश अचार्य बताउँछन् ।