८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मेलम्चीमा हैबुङ महादेवस्थान स्काउट ट्रुपको पहिलो दीक्षान्त समारोह सम्पन्न

मेलम्चीमा हैबुङ महादेवस्थान स्काउट ट्रुपको पहिलो दीक्षान्त समारोह सम्पन्न
अ अ+ अ-

काठमाडाैँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ स्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘हैबुङ महादेवस्थान स्काउट ट्रुप’को प्रथम दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहकी प्रमुख अतिथि उमा प्रधानले स्काउटिङ शिक्षाले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नगरपालिकाले स्काउट अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका माध्यमिक तथा आधारभूत (कक्षा ८ सम्म सञ्चालन हुने) सम्पूर्ण सामुदायिक विद्यालयलाई निःशुल्क स्काउट युनिफर्म वितरण गरेको जानकारी दिइन्। साथै, आगामी दिनमा आफू पदमा नरहे पनि व्यक्तिगत रूपमा स्काउटिङ लगायतका शैक्षिक गतिविधिमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।

कार्यक्रमका विशेष अतिथि नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङले विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सक्षम नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले मेलम्ची नगरपालिकाले स्काउट अभियानमा दिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उक्त सहयोगको सदुपयोग गर्दै गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

यसैगरी मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल भण्डारीले स्काउटिङले विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्ने भएकाले यसको विस्तार आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर लामाले स्काउट अभियानले विद्यार्थीहरूलाई अनुशासित र सामाजिक सेवामा अग्रसर बनाउने भएकाले यसको निरन्तरता र विस्तारमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

समारोहमा छिमेकी विद्यालयका अतिथिका रूपमा स्काउटर जीवन ढकालको उपस्थिति रहेको थियो भने कार्यक्रम स्काउटर लक्ष्मी रोकायाले सञ्चालन गरेकी थिइन्।

कार्यक्रमका सभापति तथा हैबुङ महादेवस्थान माविका प्रधानाध्यापक राजकुमार लामिछानेले नवदीक्षित स्काउट सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयमा स्काउट गतिविधि सञ्चालन हुनुले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुगेको बताए ।

सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको थियो।