२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन निकुञ्जमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत सुरु



अ+ अ-

काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र वन्यजन्तुको आवश्यकतालाई ध्यानमा राख्दै पोखरी निर्माण तथा मर्मतको काम सुरु गरेको छ।

हरेक वर्ष गर्मी याममा वन्यजन्तुलाई पानीको सहज उपलब्धता गराउन निकुञ्जभित्र पोखरी निर्माण र मर्मत गरिँदै आएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई पानी उपलब्ध गराउने, जलचर जनावरका लागि बासस्थान सिर्जना गर्ने तथा घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गरिन्छ।

उनका अनुसार यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पुराना पोखरी मर्मत गर्ने योजना बनाइएको छ। वन्यजन्तुको बासस्थानको अवस्थालाई आधार मानेर पोखरी

निर्माण तथा मर्मतको काम अघि बढाइने उनले बताए ।
निकुञ्जभित्र हाल ५६ वटा पोखरी तथा तालतलैया रहेका छन्। ती सबै स्थानमा एकैपटक सरसफाइ गर्न सम्भव नभएकाले महत्वपूर्ण स्थानमा रहेका पोखरी र ताललाई प्राथमिकतामा राखेर निर्माण तथा मर्मतको काम गरिने निकुञ्जले जनाएको छ।

निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल र हात्ती लगायतका वन्यजन्तुको बासस्थान रहेको छ। गर्मी बढ्दै जाँदा वन्यजन्तुलाई पानीको आवश्यकता बढी हुने भएकाले पोखरी निर्माणले उनीहरूलाई पानी उपलब्ध गराउन सहयोग पुग्ने निकुञ्जको भनाइ छ।

यसबाट पानीको खोजीमा वन्यजन्तु समुदायमा पस्ने सम्भावना पनि कम हुने विश्वास गरिएको छ। निकुञ्जका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि करिब ९५२.६३ हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ।




भर्खरै