१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी



अ+ अ-

नयाँ दिल्ली । भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति खुसी व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो कानुन पारित भएकोमा आफुहरुलाई खुशी लागेको बताएका हुन् ।

“नागरिकता सम्वन्धी नयाँ कानुन पारित भएकोमा हामी खुशी छौँ, यहाँ करिब ८० प्रतिशतसम्म आप्रवासीहरु रहेका छन्, ती सवै खुशी भएका छन्,” एक स्थानीयवासिन्दाले भने । नयाँ कानुनको विरोध गर्दै आन्दोलन भइरहेको र केहीको मृत्यु समेत भइसकेको बेला उनीहरुले त्यही कानुनप्रति खुशी व्यक्ति गरेका हुन् ।

आप्रवासी एक महिलाले नागरिकता सम्वन्धी नयाँ कानुनका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिदै आफु नफर्किने बताउनुभयो ।
“हामी यही मर्न तयार छौँ, तर हामी फर्किन तयार छैनौँ, हामी गरिब मानिस हौँ, हामीलाई सहयोग चाहियो, नागरिकता सम्वन्धी नयाँ कानुनका लागि मोदीजीलाई धन्यवाद छ, उहाँले राम्रो काम गरिदिनुभएको छ,” कालुले भन्नुभयो ।

भारतको नागरिकता सम्वन्धी विधेयक (संशोधन) २०१९ मा सन् २०१४ को डिसेम्बर ३१ भन्दा अगाडी पाकिस्तान, अफगानिस्तान र बङ्लादेशबाट भारत आएका हिन्दु, शिख, जैन, पारसी, बुद्ध र क्रिश्चियन धर्मावलम्वीलाई नागरिकता दिन सकिने व्यवस्था गरिएको छ ।

छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको प्रमाण पेश गर्न सक्नेलाई नागरिकता दिन सकिने कानुनी व्यवस्था भएको हो । यसअघि भारतको नागरिकता लिनको लागि भारतमा कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्था पनि अब फेरिएको छ ।

मुसलमानविरोधी भनी आलोचना भएको सो कानुनको प्रधानमन्त्री नरेन्द्र मोदीले भने बचाउ गर्नु भएको छ ।
देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसक्दा समेत प्रधानमन्त्री मोदीले सो कानुनको बचाउन गर्नुभएको हो । प्रदर्शनका लागि प्रहरीले प्रतिबन्ध लगाएपनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन् ।