१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा



अ+ अ-

काठमाडौं । ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ  ।

विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो ।

स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिनुभयो  ।

आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ  । सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मानसमेत गरिने बताइएको छ ।