८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘डेरीमार्ट’ थप्दै ‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

‘डेरीमार्ट’ थप्दै ‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ
अ अ+ अ-

काठमाडाैँ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ । पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका-१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो ।

सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यो वर्षमा पाँच स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सङ्घले आफैँले उत्पादन गरेका दुग्धजन्य पदार्थ बिक्रीवितरण र बजारीकारणका लागि मार्ट सञ्चालनमा ल्याएको उनले बताए । सङ्घले रत्ननगरमा आफ्नो डेरी उद्योग सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित दूध, दही, घ्यू, पनिरलगायत सामग्री मार्टमार्फत बिक्रीवितरण सुरु गरेको हो ।

उपभोक्तबाट गुणस्तरीय वस्तु पाइएको भन्दै सकारात्मक सन्देश पाएपछि शाखाहरू थप गर्न लागिएको उनले बताए । जिल्लामा उत्पादित दूधलाई बजारीकरण गर्न र दूधको भूक्तानी नपाउने समस्या समाधान गर्न यो मार्टले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

अहिले जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहरकारी सङ्घले दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको यहाँबाट स्थानीय बजारसहित काठमाडौँ, पोखरालगायत ठूला सहरमा दूध पुर्‍याउँदै आइएको छ । यहाँका किसानले रु ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी छ । समयमा भुक्तानी पाउन नसकेपछि सहकारी आफैँले प्रशोधन गरेर बजारीकरण गर्न थालेको हो ।रासस