५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

बिष्णु पौडेलबाट मतदाता प्रति सम्मान ,जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने

बिष्णु पौडेलबाट मतदाता प्रति सम्मान ,जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ उम्मेदवार बिष्णु पौडेलले आ(आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता प्रति हार्दिक सम्मान ब्यक्त गर्नुभएको छ ।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए लगत्तै समाजिक संञ्जाल मार्फत पौडेलले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएको जनाउनु भएको छ ।

उहाँले पदमा रहे पनि नरहेपनि रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदु:खमा साथ र सक्रियता हिजो जस्तै निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

आदरणीय आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरु,

हार्दिक नमस्कार !

लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं। २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु ।
यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडी बढाउनु हुनेछ ।

निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं। २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।
म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदु:खमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।

यस् निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ-आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता महानुभावहरू प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । चुनावी अभियानमा अहोरात्र खटिनुहुने नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मि र सञ्चारमाध्यमहरू प्रति धन्यवाद ज्ञापन गर्दछु ।

पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।

बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपानन्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

धन्यवाद
विष्णुप्रसाद पौडेल