५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

यस्तो देखियो पर्यवेक्षकको नजरमा निर्वाचनको पूर्वको अवस्था

यस्तो देखियो पर्यवेक्षकको नजरमा निर्वाचनको पूर्वको अवस्था
अ+ अ-

काठमाडौं । जेन्जी विद्रोहपछि विशेष अवस्थामा बिहीवार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित हुने निर्वाचनको पूर्व तयारीको अवस्थाको अध्यायन गरेको एक प्रतिबेदनले जनाएको छ ।

आम निर्वाचन पर्यवेक्षण समितिले बुधवार सांझ सम्म बिभिन्न जिल्लामा गरेको पर्यबेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय लगायतका सरोकारवालाहरुले विगतको तुलनामा निकै ब्यबस्थित गरेको देखिएको छ ।

केही जिल्लामा घटेका सामान्य घटना बाहेक निर्वाचनको अघिल्लो दिन निर्वाचनलाई असर पार्ने खालका कुनै पनि घटना भएका छैनन । आम निर्वाचन पर्यबेक्षण जियोकका महासचिवले कृष्णमान प्रधानले निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न हुने कुरामा विश्‍वस्त हुन सक्ने अबस्था देखिएको जानकारी गराउनुभएको छ ।

मतदाता नामावली, उम्मेदवारी दर्ता, आचार–संहिताको कार्यान्वयन, सुरक्षा प्रवन्ध, मतपत्रको छपाई र मतदान केन्द्रमा पुर्‍याउने काम, मतदान केन्द्र तयारी, मतदाता शिक्षा, कर्मचारी ब्यवस्थापन पक्षमा सुधार देखिएको जियोकले जनाएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधि सभाको निर्वाचन, २०८२ का लागि ३६ जिल्लाका २सय ५० पालिका गरी जम्मा ४ सय जना पर्यबेक्षक परिचालन गरेको छ ।

निर्वाचन आचार–संहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारहरुबाट शक्ति प्रदर्शन गर्ने ध्येयले केही ठाउँमा ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको छ। निर्वाचन प्रचार–प्रसारमा विगतको तुलनामा तुल, ब्यानर आदिमा कमी आए पनि मत माग्न जाँदा चर्को आवाजमा दलीय गीत गाउने र त्यसका लागि माइकको चर्को स्वरको प्रयोगका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ।

आयोगको आचार–संहिताका कारण दलीय झण्डा तथा चुनाव अंकित तोरणहरु झुण्ड्याएको पाइएन। उम्मेदवारका कार्यकर्ताहरुले कहीँ कतै आँखा छल्दै राति पम्पलेट टाँस्ने घरघरमा आफ्ना पम्पलेटहरु र परिचय सहितको कागजात वितरण गरेको पाइयो मतदाताहरु जेन्जी आन्दोलनबाट लुटिएका हतियार, केही कैदी बन्दीहरु बाहिर भएका कारण र पेशेवर अपराधीक समूहबाट तथा सामाजिक सञ्जालको दुरुपयोगबाट केही रुपमा त्रशित भएको पाइएको छ ।

आचार–संहिता उल्लंघन सम्बन्धी केही उजुरीहरुमा कारवाही प्रारम्भ भएको बुझिन आएको भए पनि कारवाहीको खास नतिजा प्राप्त भइसकेको पाइएन। मौन अबधि प्रारंभ भएपछि धनुषामा गरिएको एक जना उम्मेदवारको खारेजीलाई सहज मान्न सक्ने देखिएन । खारेजी नै गर्नुथियो उम्मेदवारी दर्ता भएको केही समयमा नै गर्नुपथ्र्यो भन्ने आम बुझाइ रहेको छ ।

आचार–संहिताका कारण दलीय झण्डा तथा चुनाव अंकित तोरणको प्रयोग न्यून भएको, सुरक्षाका चारै निकायबीच राम्रो समन्वय भएको, ३० मिनेटभित्र जुनसुकै निर्वाचन क्षेत्रमा प्रहरी र सेना पुग्न सक्ने गरी व्यवस्था भएको, सुरक्षा संवेदनशीलता विश्लेषण गरी चारै वटा सुरक्षा निकाय, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिजर्भ्ड फोर्स तथा र्‍यापिड रेस्क्यु टिम परिचालन गर्ने योजनासहित मजबूत सुरक्षा प्रदान गर्ने योजनाको तयारी र कार्यान्वयनका कारण सुरक्षा व्यवस्था समेत प्रभावकारी भएको पर्यवेक्षणबाट देखिएको छ।

संविधान तथा कानून बमोजिम राजनीतिक दलले उम्मेदवार दिँदा यसपटक समेत महिलाको प्रत्यक्षतर्फ न्यून उम्मेदवारी प्रतिनिधि सभाका लागि उम्मेदवारी परेको देखिएको छ। मतदान केन्द्रको व्यवस्थापनका सम्बन्धमा आमरुपमा निर्वाचन प्रकृयामा सुधार हुँदै गएको देखिन्छ।

स्वच्छ, स्वतन्त्र, विश्वसनीय, स्वीकार्य आवधिक निर्वाचन, समान मताधिकार, गोप्य मतदान, पारदर्शी मतगणना तथा परिणाम घोषणा प्रकृया निर्वाचनको विश्वव्यापी मान्यता भएकाले प्रतिनिधि सभाको यो निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीपूर्ण रुपमा सम्पन्न गराउन जियोकले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल र उम्मेदवारहरु लगायत सबै सरोकारवालाहरुलाई हार्दिक अपिल गरेको छ ।