२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

निर्वाचनको सबै तयारी पूरा, कर्मचारी मतदान केन्द्र पुगे, फलामे तारले घेरिँदै गणनास्थल (फोटो फिचर)

निर्वाचनको सबै तयारी पूरा, कर्मचारी मतदान केन्द्र पुगे, फलामे तारले घेरिँदै गणनास्थल (फोटो फिचर)
अ अ+ अ-

काठमाडौँ: भोलि बिहान ७ बजेदेखि सुरु हुने प्रतिनिधिसभा सदस्यको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । गृह मन्त्रालयले बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सँगको भर्चुअल बैठकमा निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

सो बैठकका क्रममा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्ना जिल्लामा सुरक्षा लगायतका कुनै पनि चुनौती नरहेका र निर्वाचनको प्रक्रियागतदेखि लिएर सबै काम पूरा भएको जानकारी गराएका थिए ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिनुका साथै अन्य कुनै समस्या या चुनौती छन् भने खुलेरै भन्न र सुझाव दिन भनिएको थियो ।

गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे सो बैठकमा समीक्षा भएको र यसका आधारमा रणनीति बनाउने समझदारी बनेको पनि उनले जानकारी दिइन् ।

यसैबीच निर्वाचन आयोगले देशका सबै जिल्लाका मतदान केन्द्रहरुमा कर्मचारी पुगिसकेका जनाएको छ । निर्वाचन आयोगले आज सो कुराको जानकारी दिएको हो । सुरक्षाकर्मी र मतदान अधिकृतदेखि लिएर निर्वाचनमा खटिएका सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेका पनि आयोगले जनाएको छ ।

उता प्रायः सबै जिल्लाका मतगणनास्थलहरु सुरक्षाका दृष्टिकोणले मजबुत बनाउन लागिएको छ । यस सम्बन्धी कामहरु जारी रहेको बताइएको छ ।

मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउने र त्यसपछि फलाफे तारजालीले घेरिएको स्थानमा राखेर मतगणना गरिने भएको छ । मतगणना स्थललाई सुरक्षित बनाउन ती स्थललाई फलामे तारजालीले घेरेर तयार पारिएको हो ।

तस्बिरः रासस