महेन्द्रनगर । भारतिय मिनिबसको ठक्करबाट मोटरसाइकलका चालक मृत्यु हुँदा कञ्चनपुरस्थितको दैजी क्षेत्रमा स्थानियले राजमार्ग अवरुद्ध पारिएको छ ।
मंगलबार राति कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको भारतिय मिनिबसको ठक्करबाट म २ प ९०२७ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालिका–३ का ४४ वर्षिया जयबहादुर रानाको मृत्यु भएको थियो ।
रानाको मृत्यूको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले बिहानैदेखि टायर बालेर सडक जाम गरेका छन् । अवरुद्ध पारिएको राजमार्ग सडक खुलाउने प्रयास भईरहेको र ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हँुदा महेन्द्रनगरबाट लामो दुरी र छोटो दुरीका सवारी साधनहरु ठप्प बनेका छन । सडक अवरुद्ध पारिएको दैजी क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।