२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता



A voter fills in a ballot in the lower house election at a polling station Sunday, Feb. 8, 2026, in Tokyo. (AP Photo/Louise Delmotte)
अ+ अ-

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाले निर्वाचनमा खटिन नपाएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि भने छुट्टै दुई स्थानमा मतदान केन्द्र तोकिएको जानकारी दिइन्। अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा एक लाख ३१ हजार ५४९ महिला र एक लाख एक लाख ३७ हजार ७०७ पुरुष गरी कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।