१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पोशाक दिवस मनाइयो



अ+ अ-

काठमाडौं । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार देशैभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतिघरमा सद्भाव र्याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताउनुभयो । उहाँले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताउनुभयो ।

त्यस्तै सह–संयोजक श्याम बजगाईले राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य नेपालको औपचारिक पोशाकको रुपमा सरकारले घोषणा गरी सिंगो नेपालीहरुको पहिचान विश्वसामु पु¥याउनु रहेको बताउनुभयो । उहाँले नेपालको एक मात्र साझा पोशाक जसले हिमाल पहाड र तराईमा बस्ने सबै समुदायको प्रतिनिधित्व गर्ने भएकाले दौरा, सुरवाल, टोपी र गुन्यूचोली राष्ट्रिय पोशाकको रुपमा स्थापित भएको बताउनुभयो ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाईदै आएको छ ।