बाजुरा । यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । बिहिवार बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा से१ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको थियो ।
जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको, घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता १ यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।