२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार मध्याह्न फ्लाई दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट एक किलो सुन बरामद गरिएको हो ।

त्रिभुवन विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित उनलाई पक्राउ गरेको हो।

महाशाखाको टोलीले नै सुन लिन भारतबाट बिहीबार नै काठमाडौं ओर्लेका मुस्राफिन मोहम्मदलाई पनि पक्राउ गरेको छ।

कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको प्रहरीले जनाएको छ।

यसअघि सोमबार आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका थिए।