२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानलाई अग्रवालले तिरे ५० लाख



अ+ अ-

काठमाडौं । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी दिएका छन् । बिहीबार र शुक्रबार गरी उखु किसानलाई ५० लाख रुपैयाँ भुक्तानी दिएको उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार अन्नपूर्ण चिनी मिलले मात्रै किसानको ४२ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने बताए । मन्त्रालयमा अग्रवालले पुस २५ भित्र ५ करोड र माघको पहिलो सातामा १२ करोड तथा माघ भरीमा पूरै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आजै किसान, उद्योगी र सरकारबीच वार्ता हुँदैछ ।

पुस भित्रमा ८० प्रतिशत र माघको पहिलो सातामा शतप्रतिशत भुक्तानी दिने गरी सहमतिको प्रयास भइरहेको प्रवक्ता भट्टराईले बताए ।