२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

टौदह: प्रकृति, सभ्यता र किंवदन्तीले जोडिएको उपत्यकाको जीवित सम्पदा-फोटो फिचर

टौदह: प्रकृति, सभ्यता र किंवदन्तीले जोडिएको उपत्यकाको जीवित सम्पदा-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भेगमा अवस्थित टौदह प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक आख्यानले समृद्ध एक ऐतिहासिक स्थलका रूपमा परिचित छ ।

राजधानीको केन्द्रबाट करिब सात किलोमिटर दूरीमा दक्षिणकाली जाने मार्गमा पर्ने यो ताल कीर्तिपुर नगरपालिका–१५ मा अवस्थित छ । नेवारी भाषामा ‘त: दह’ अर्थात् ठूलो पोखरी भन्ने अर्थबाट यसको नाम टौदह रहन गएको मानिन्छ ।

झण्डै पाँच सय मिटर लम्बाइ र चार सय मिटर चौडाइ फैलिएको टौदह सुक्खा याममा करिब छ मिटर गहिरो रहने गर्दछ । प्राकृतिक रूपमा बनेको यो ताल उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक जलाशय मानिन्छ, जसले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।

टौदह केवल धार्मिक वा ऐतिहासिक स्थल मात्र होइन, जैविक अनुसन्धानका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यहाँ ३८ जातका बोटबिरुवा, ३६ प्रकारका कीरा तथा १ सय १६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने तथ्यले यस क्षेत्रलाई जीववैज्ञानिक अध्ययनको आकर्षक गन्तव्य बनाएको छ । विशेषगरी हिउँद याममा विभिन्न देशबाट आउने जलचर पक्षीहरूले टौदहलाई अझ जीवन्त बनाउने गरेका छन्।

यस कारण टौदहलाई ललितपुरको जात्रा–आख्यान, कीर्तिपुरको सभ्यतास्थल र काठमाडौंको सीमाना सम्पदाका रूपमा समेत चिनिन्छ।

मञ्जुश्री र कर्कोटक नागराजको कथा

स्थानीय किंवदन्ती अनुसार, बोधिसत्व मञ्जुश्रीले चोभारको डाँडा छेडेर उपत्यकाको पानी बाहिर पठाएपछि यहाँका नागराज कर्कोटक रिसाएका थिए । अनिष्टको भय बढेपछि मञ्जुश्रीले उनलाई टौदहमा बस्न आग्रह गरी शान्ति स्थापना गराएको विश्वास गरिन्छ।

कथाअनुसार नागराजकी रानी आँखा दुख्ने रोगबाट पीडित हुँदा ललितपुरका एक ज्यापू किसानले उपचार गरी निको बनाइदिएका थिए । त्यसको कृतज्ञतास्वरूप नागराजले नवरत्न जडित भोटो उपहार दिएका थिए, जुन पछि उपत्यकाको प्रसिद्ध सांस्कृतिक परम्परासँग जोडियो।

भोटो जात्रासँग जोडिएको ऐतिहासिक सम्बन्ध

किम्बदन्तीका अनुसार ज्यापू किसान खेतमा काम गरिरहेका बेला एक ख्याकले भोटो चोरी गरेको थियो । पछि दुवैबीच विवाद भएपछि रातो मच्छिन्द्रनाथ (बुंगद्यो) ले प्रमाण नआएसम्म भोटो आफूसँग सुरक्षित राख्ने निर्णय सुनाए। त्यसै घटनाको सम्झनामा आजसम्म प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको जात्रामा जावलाखेलमा ‘भोटो देखाउने’ परम्परा कायम छ।

राष्ट्रप्रमुख तथा जीवित देवी कुमारीको उपस्थितिमा भोटो प्रदर्शन गरिने यो परम्परा उपत्यकाको सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीक बनेको छ।

बढ्दो सहरीकरण, प्रदूषण र मानव हस्तक्षेपका कारण टौदहको प्राकृतिक स्वरूपमा चुनौती देखिन थालेको छ । जैविक सम्पदा र ऐतिहासिक महत्व जोगाउन स्थानीय तह, वातावरणविद् र समुदायको संयुक्त प्रयास आवश्यक देखिन्छ।

प्रकृति, इतिहास र आस्थाको अद्भुत संगम बनेको टौदह केवल एउटा ताल मात्र होइन, उपत्यकाको पहिचान बोकेको जीवित सांस्कृतिक सम्पदा हो।