२० भाद्र २०८३, शनिबार
,
Latest
बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती–लच्कासम्म बागमती प्रदेश सरकारले बाइपास सडक बनाउने



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोला पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउन प्रदेश सरकारले योजना तयार गरिरहेको बताउनुभएको छ ।

सडक विस्तारका क्रममा पीडित भएका घरधनी र बागमती प्रदेश सरकारबीच आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्थानीयसँग समझदारी कायम गरी राप्ती पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउनका लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्याउने बताउनुभयो ।

“राप्तीदेखि सिधैँ लच्कासम्म बाइपास सडक बनाउन प्राविधिक रूपमा कुनै समस्या छैन्”, उहाँले भन्नुभयो, “बाइपास सडक बनाउने बाटोमा एउटा टावर छ, तर त्यसले कुनै समस्या हुँदैन, यसको पनि समाधान हुन्छ ।” यसक्षेत्रका स्थानीयसँग समझदारीमा काम गरेर अगाडि बढ्ने योजनामा प्रदेश सरकार रहेको उहाँको भनाइ छ ।

निर्वाचनपछि बन्ने नयाँ सङ्घीय सरकारसँग बाइपास सडक बनाउने विषय छलफल गरेर प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन पहल गर्ने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाउनुभयो । वैकल्पिक व्यवस्था नगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्तीदेखि रातमाटेसम्म सडक विस्तारका लागि भौतिक संरचना भत्काउनु गलत भएको जिकिर गर्दै उहाँले मुख्य सडक दायाँबायाँ १६–१६ मिटर कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, सडक विस्तारका क्रममा पीडित भएका घरधनीलगायत स्थानीयको सहभागिता थियो ।  रासस