२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कूल बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो



अ+ अ-

बागलुङ। बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् ।

दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमङ्ग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापामगर, आयना बोहोरा र सारिका बोहोराको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । सुजल छन्त्याल र सङ्गम किसानलाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल बस खसेको थियो । बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको बस लोकमार्गदेखि रातमाटातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपालभाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग३च ८६२१ नम्बरको बस दुर्घटना भएको हो ।  रासस