२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुडदल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली आज मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएका छन् । हाल त्यस मिसनमा एक हजार ६९ जना शान्ति सैनिकहरु कार्यरत रहेको निर्देशनालयले जनाएको छ । रासस