१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातत्व विभागले भन्यो–पुरातात्विक महत्वका अवशेषहरुको संरक्षण गरौँ



अ+ अ-

काठमाडौँ । पुरातत्व विभागले पुरातात्विक महत्वका अवशेषहरुको संरक्षणमा ध्यान दिन आग्रह गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुरातत्व विभागले मानव सभ्यता नै नासिने भएकाले पुरातात्विक महत्वका वस्तुको अवशेषहरु भेटिए तत्काल पुरातत्व विभागलाई जानकारी गराउन पनि सर्वसाधारणमा समेत अपिल गरेको हो ।

विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले काठमाडौं लगायतका पुरातात्विक महत्वका क्षेत्रहरुमा भेटिएमा तत्काल विभागमा जानकारी गराई मानव सभ्यतालाई नासिनबाट जोगाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माणको काम गर्दा पनि पुरातात्वक महत्वका वस्तुहरु भए, नभएको यकिन गरेर मात्रै अघि बढाउन पनि सचेत गराउनु भयो । मानव सभ्यतालाई जोगाउन र यसको पहिचान कायमै राख्न पनि प्रमाणको रुपमा यस्ता अवशेषहरुले महत्वपूर्णं भुमिका खेल्ने भएकाले यसको संरक्षण गर्न अति आवश्यक रहेको महानिर्देशक प्रधानाङ्गको भनाई थियो ।

उहाँले भन्नुभयो,‘हामी जति पनि कामहरु गर्दछौ । कतै केही  भेटियो भने पुरातत्व विभागलाई जानकारी नै नदिइ छोप्छौँ अथवा उखेलेर फाल्छौँ । हामीले के बुझ्नुपर्दछ भने मानव सभ्यता भनेको जति कन्टिन्यु हुन्छन् । बीचबीचमा कहिलेकाँही त्यो मासिएको पनि छ । कुनै बेला भुकम्पको कारण, कुनै बेला  अन्य कुनै विपद्को कारणले त्यो सभ्यता हराउने पनि गरेको छ । जस्तो हामीले लुम्विनीको नै कुरा गर्ने हो भने बीचमा एक पटक कपिलवस्तुमा बुद्धको निरन्तरता हरायो । तर यो भग्नावशेष भनेको कस्तो हो भने यो चाहीँ सय वर्ष, २ सय वर्षका लागि होइन, हजारौँ वर्षमा पनि यसलाई प्रमाणित गर्न आधार हुन्छ । यसले चाहीँ १० हजार वर्षको पनि हामीलाई इन्फरमेशनहरु दिइराखेको हुन्छ । मानव सभ्यता त बीच बीचमा ब्रेक हुन्छ नि त । तर यो भग्नावशेष बचाई राख्न सक्यो भने यसबाट हामीले मानव सभ्यतालाई बचाई राख्न सक्छौँ । त्यही भएर म सबैलाई के अनुरोध गर्न चाहन्छु भने–कुनैपनि हाम्रो काठमाडौं उपत्यका, हिमाली क्षेत्र अथवा तराई क्षेत्रमा यस्ता पुरातात्विक महत्वका अवशेषहरु भेटियो भने अथवा कुनै त्यस्तो बस्तु भेटियो भने त्यसलाई पुरातत्व विभागमा जानकारी दिने र त्यसलाई बचाएर मात्रै हामीले थप विकास निर्माणको काम गर्नुपर्छ । अन्यथा हामीेले विकास, निर्माणका नाममा पुरातात्विक संरचना के देखिन्छ र इट्टा अथवा ढुंगो हो भनेर उखेलेर फाल्न थाल्यो  भने हाम्रो मानव सभ्यतालाई नास्दै, मास्दै हामी अगाडि बढेको हुन्छौ । त्यसले हाम्रो आइडेटिनै लोप हुन जान्छ । जसरी हामीले यो बुद्धकालिन संरचनादेखि अहिलेसम्म कन्टिन्यु गर्नं खोजिराखेका छौँ । यसको हिष्ट्रीलाई कन्टिन्यू गर्न खोजिराखेका छौँ । यस्ता संरचनाहरुले हामीलाई सहयोग पुग्छ ।’

त्यस क्रममा विभागले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि प्रमाण जुटाउने काम भइरहेको जानकारी दिएको छ ।