१५ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य



अ+ अ-

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ ।

राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सन्दर्भमा तयारीका कामहरू भइरहेको बताउनुभयो । उहाँले आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरू हुने जानकारी दिँदै उहाँले उक्त गणनाका क्रममा तीन हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष सहभागी हुने बताउनुभयो ।

तथ्याङ्क कार्यालयले मुलुकको समग्र आर्थिक परिदृष्यलाई झल्काउने आर्थिक गणनालाई सार्थक र परिणाममुखी तुल्याउन परिसङ्घसहित व्यावसायिक सङ्घसंस्थाका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ ।

तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभइ सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य रहेको बताउनुभयो ।

यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना भएको थियो । परिसङ्घका कार्यकारी महानिर्देशक डा घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्याङ्क सङ्कलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरिएको छ । रासस