१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारबाट भीम रावललाई ‘ज्यान मार्ने धम्की’ सत्य हैन : सरकार प्रवक्ता



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताएका छन्। बिहीबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने पत्यार लाग्छ ? भन्ने प्रश्न गरे।

‘यो धम्की आएको भन्ने तपाईंलाई पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ?कसैको ज्यान लिने ?,’ उनले भने, ‘ज्यान मार्ने धम्कीको सत्यता छैन। उहाँले पनि भन्नुपर्छ यसले फोन गर्यो। यस्तो नम्बरबाट फोन आयो। त्यस्तो हो नै रहेछ भने कारबाही हुन्छ।’

रावलले केही दिनअघि सगरमाथा टिभीमा अन्तर्वार्ताका क्रममा एमसिसीबारे धारणा राख्दा बालुवाटारमा बस्ने मान्छेबाट आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका थिए। विचार व्यक्त गरेकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने उनले बताए ।