१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण गर्ने स्पेनका राजा फेलिपेको इच्छा



अ+ अ-

स्पेनका राजा फेलिपेले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरि कुनै दिन नेपाल आउने आफ्नो इच्छा रहेको बताएका छन् । शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै गर्दा भएको बार्तामा राजा फेलिपेले यस्तो बताएका हुन् । बार्तामा नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता भएको थियो ।

स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरेका थिए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

त्यसैबिच स्पेनका राजाले एप्रिल २०१५ को विध्वंशकारी भूकम्पपछि नेपालमा भई रहेको पुनर्निर्माणका कामहरूको प्रगति तथा जलवायु परिवर्तनका असरहरूबारे पनि जिज्ञासा राखेका थिए ।