१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग



अ+ अ-

काठमाडौँ । भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताउनुभएको हो ।

उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गर्नु भयो । महानिर्देशक भण्डारीले नेपाल–भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरुको सहयोगमा अर्धन्यायिक निकायको रुपमा समेत काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले खुला सीमाका कारण भईरहेको अर्बौंको चोरी निकासीका सामानहरुलाई नियन्त्रणमा लिने उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भईरहेको बताउनु भयो ।

महानिर्देशक भण्डारीले भन्नुभयो, ‘हामी भारतसँग खुला सीमा भएका मुलुक हौ । चोरी, पैठारी, निकासीहरु हाम्रा खुला सीमामा कारण भईराखेका छन । त्यसमा हामी मात्रै इन्भल्व नभएर सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्य निकायहरु पनि संलग्न भएर हामीले यसलाई नियन्त्रण गरिरहेको अवस्था छ । भन्सार प्रशासनले त्यसरी आएका सामानहरु नियन्त्रणमा लिने, कब्जामा लिने र जफते गर्ने मुद्दाका अर्धन्यायिक निकायको रुपमा पनि काम गरिराखेको छ । त्यस्तो अर्वौको त्यस्ता खालका कारोबारहरु हामीले नियन्त्रण गरेर मुद्दाहरु टुंग्याएको अवस्था छ । यस्तो कुराहरुमा भन्सार प्रशासन अग्रणी रुपमा  अगाडि छ । राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत पनि यी कुराहरु स्थानीय तहमा पनि र केन्द्रिय रुपमा पनि पोलिसीगत कुराहरु सुधार गर्ने कुरा भएर कार्यान्वयन भईरहेको अवस्था छ ।’

विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भईरहेको दाबी समेत गर्दै आएको छ ।