३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा
अ+ अ-

तुलसीपुर । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ । तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा रहेको सोही क्षेत्रलाई पर्यटकीय हिसाबले पनि अगाडि बढाउन सकिने भन्दै त्यसको इतिहास खोज्न थालिएको हो ।

धेरै वर्षअघि मानिसले चुरे क्षेत्र नै बासस्थान रोजेकाले पनि विदेशीहरुले दाङको चुरे क्षेत्रमा मावन इतिहास खोजेका थिए । सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिकाले पनि मानव इतिहास खोज्न थालेको हो । सोही क्रममा उपमहानगरपालिकाले तुई उपत्यकाको सांस्कृतिक र पुरातात्विक प्रारम्भिक सर्वेक्षणसमेत गरेको छ । सर्वेक्षणका क्रममा त्यतिबेला मानिसले प्रयोग गरेका भाँडाका टुक्रा भेटिएका थिए ।

अनुसन्धनकर्ता प्राडा डिल्लीराज शर्मा र अशोक थारुले अनुसन्धान गर्दा त्यस्ता सामग्री फेला परेका हुन् । जुम्लिकोट, खुनखुने, नौखाने तालको डाँडो, गिढन्यासहितका स्थानबाट त्यस्ता सामग्री फेला पारेर ल्याइएको अनुसन्धानकर्ता डा। शर्माले बताउनुभयो । “हामीले अनुसन्धान गर्दा प्रस्तरका टुक्रा तथा माटाका भाँडाका टुक्रा फेला परे”, उहाँले भन्नुभयो, “यस आधारबाट यो क्षेत्र ढुङ्गे युगका मानिसको बासस्थान रहेको अनुमान गर्न सकिन्छ ।” उहाँहरुले गिधनिया, मझकटुवा, रनीयापुर, झाँक्री ढुङ्गा, जन्ति ढुङ्गा, सीता डेहरी जुम्लीकोट, विगुले ढुङ्गा र राजाकोटमा अनुसन्धान गर्नुभएको थियो । पूर्वी रनियापुरको देवली पुज्ने डाँडोमा केही प्रस्थरका र अधिकांश माटाका भाँडाका टुक्राहरुसहित शत्रुलाई प्रहार गर्नसक्ने अग्रभाग तिखो रहेका औजारसमेत भेटिएका थिए । त्यस्तै साना चेप्टा आकारका औजारमा अगाडि तिखो धार पनि रहेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा सो अध्ययन प्रतिवेदन तयार गरिएको हो । यसअघि सन् १९७८ मा रवर्ट एम वेस्ट, सन् १९८२ देखि १९९२ मा गुडरन कर्भिनस, १९९२ देखि १९९५ सम्म रेण्डि हलेण्डले सोही स्थानमा अध्ययन गरेका थिए । एक हप्ताको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारिएको डा शर्माले बताउनुभयो । उहाँका अनुसार ब्यापक अतिक्रमण र प्राकृतिक प्रकोपले गर्दा पूर्खाले सिर्जना गरेका ढुङ्गाका सामग्री दिनानुदिन लोपहुँदै गएको उहाँको भनाइ छ ।

कहाँ के भेटिए ?

विगतमा विदेशीहरुले गरेको अनुसन्धानका क्रममा बराखुट्टीबाट कर्भिनसले पालिसदार प्रस्तर औजारका साथै माटाका भाँडाकुँडासमेत भेटिएका थिए । यसले गर्दा ती स्थानलाई पछिल्लो ढुङ्गे युगको अन्तिम चरणमा मानवले आफ्नो बासस्थानको विनाश गर्नुका साथै माटाका भाँडाको निर्माण गर्न थालेको हुनसक्ने डा। शर्माले अनुमान गर्नुभयो । उहाँका अनुसार मझघट्वाको खुनखुन्याडाँडामा केही समयअघि स्थानीय बासिन्दाले एउटा भुर्की र ढुङ्गाको सिलौटोसमेत भेटाएका थिए । त्यहाँ यसपटक पनि खस्रोपन भएका माटाका भाँडा भेटिएका थिए । त्यस्तै गिधन्यामा केही समयअघि भेटिएका प्राग्ऐतिहासिक उपकरणहरु हाल राष्ट्रिय सङ्ग्रहालयमा पनि राखिएको छ । त्यहाँ ¥याण्डी हालैण्डले अनुसन्धान गर्दा नवपाषाणकालीन औजारहरु भेटिएको थियो । त्यस्तै मध्ययुगीन अवधि र पछिल्लो ढुङ्गेयुग अवधिका प्रस्तर औजार भेटिएका थिए । गुडरन कार्विनस्ले पनि त्यहाँ पाषाण औजारहरु प्राप्त गरेको कुरा उल्लेख रहेको डा शर्माले बताउनुभयो । त्यस्तै पूर्वी रणियापुरको देवली पुज्ने डाँडोमा पनि ¥याण्डी हलैण्ड र गुडरन कार्विनसले पूर्व र मध्यपाषाण औजार फेला पारेको प्रतिवेदनमा उल्लेख गरेको डा शर्माको भनाइ छ । उहाँका अनुसार कोतर्ने, छेड्नेका साथै कलकबाट बनेका औजार भेटिएका थिए ।

बराखुट्टीमा पनि सन् १९९३ मा ¥याण्डी हलैण्डले प्रस्तरका औजार भेटाएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ नवपाषाणकालीन काल अघिका छ वटा बञ्चरा, पाँच वटा स्टोन भेटिएका थिए । सोही ठाउँमा तीन वटा ढुङ्गाको र बाँकी माटाका भाँडाका १७ वटा औजार भेटिएका थिए । हलैण्डले त्यहाँ पाँच वटा ठाउँ रहेको उल्लेख गरेकी थिइन् । त्यस्तै जन्ती ढुङ्गा अहिले पनि देख्न सकिन्छ । जहाँ जन्ती लोप भएर त्यस्ता ढुङ्गा भएको भन्ने किम्बदन्ती भए पनि प्राग्ऐतिहासिककालमा दाङ र तुई उपत्यका तलाउको रुपमा रहेको प्रमाणित भइसकेकाले त्यही तलाउको पानीको छालले ढुङ्गा खिइएर अनौठो आकारका बनेको मान्न सकिने डा शर्माले बताउनुभयो । उहाँका अनुसार सन् १९७८ मा रोवर्ट एम बेष्टको टोलीले चुरेको अध्ययन गर्दा सोही ठाउँबाट माछा, गोही, कछुवालगायतका जलप्राणीका अवशेष फेला परेका थिए ।

दाङको दक्षिणतर्फका चुरेबाट वेष्टको टोलीले माछाका अश्मिभूत अवशेष प्राप्त गरेका थिए । यसले गर्दा दाङ उपत्यकामा पहिलो तालको रुपमा रहेको भन्न सकिएको डा शर्माले बताउनुभयो । चुरे पहाडकै अध्ययनको सिलसिलामा सन् १९७८ मा वेष्टको टोलीले तुई उपत्यकालाई नै केन्द्र बनाएको थियो । त्यतिबेला १७ वटा स्थानबाट ५२ वटा डडाल्नुयुक्त जनावरको अवशेष फेला परेको थियो । दाङको चुरे क्षेत्र दुई किलोमिटरको चौडाइमा फैलिएको छ । दाङ उपत्यकामा रहेका चुरे शृङ्खलालाई ४० लाखदेखि एक करोड २० लाख वर्ष अगाडिको मानिएको छ ।

प्रचार नहुनु दुःखद्

तुई दाङमै यस्ता महत्वकास्थल भए पनि जनमानसमा प्रचारप्रसार नहुनु दुःखद् भएको अनुसन्धानकर्ता अशोक थारुले बताउनुभयो । ऐतिहासिकस्थलका रुपमा रहेका ती क्षेत्र अतिक्रमणमा पर्नुले इतिहास नै मेटिने खतरा रहेकाले यसतर्फ सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ । त्यस्तै एतिहासिक ठाउँहरुलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेसमेत उहाँले बताउनुभयो । एतिहासिक ठाउँ भए पनि मानव बस्ती विकास, वनमा वृक्ष बढ्दै जानु तथा प्राकृतिक कारणले इतिहास नै लोप भइरहेकाले यसतर्फ सचेत हुनुपर्नेमा अनुसन्धानकर्ता थारुको जोड छ । उहाँ भन्नुहुन्छ, “यसलाई संरक्षण गर्ने दायित्व पनि हाम्रै हो, यसतर्फ सबै तहको सरकार र सरोकारवालाले पनि चासो दिन आवश्यक छ ।”

दाङमा यसअघि नै विदेशीहरुले अनुसन्धान गरिसकेकाले त्यसकै आधारमा थप अध्ययन गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक वस्तु भेटिएका स्थानको छनोट र संरक्षण गर्नका लागि पनि यस्तो अध्ययन गरिएको उहाँको भनाइ छ । ती स्थानको संरक्षण गरेमा नयाँ पुस्ताले पनि अध्ययन गर्नसक्ने नगरप्रमुख खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि गरिएका अध्ययनलाई आधार बनाएर हामीले पनि केही थप तथ्य भेटाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ कि भनेर थप अध्ययन गरेका हौँ ।” तुई उपत्यकाको सभ्यता, इतिहासलाई जोगाउन सकियो भने त्यसले यहाँको पर्यटकीय विकासलाई टेवा पु¥याउने भन्दै त्यसतर्फ आफू लागेको उहाँको भनाइ छ । तुई बबई नदीदेखि दक्षिणतर्फ रहेको छ । त्यस्तै फुलवारीमै तुइखोला र आमखोली भन्ने खोलाहरु पनि छन् । बराखुट्टी र गिधनियामा पहेँलो रङको ग्राबेल छ भने अन्य स्थानमा खुकुलो माटो रहेको छ । जुन खेतीपातीका लागि उपयुक्त स्थान रहेको छ । रासस