२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

स्वयम्भू: आस्था, सौन्दर्य र आत्मिक शान्तिको साझा गन्तव्य-फोटो फिचर

स्वयम्भू: आस्था, सौन्दर्य र आत्मिक शान्तिको साझा गन्तव्य-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । चिसो मौसम जारी छ । आकाश सफा र हल्का कुहिरोमय छ । जसले हिमालका टाकुराहरू स्पष्ट देखिन्छन् । यस्तो मनमोहक मौसममा नेपालको पर्यटन झनै आकर्षक बन्दै गएको छ ।

पर्यटकहरु विश्वसम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथबाट काठमाडौं उपत्यका नियाल्दै छन् । हिमालको काखमा लुकेको यो उपत्यका, पुराना मन्दिरहरूले सजिएको शहर, चिसो हावामा मिसिएको शान्ति र रहस्य, स्वयम्भूका आँखाबाट पर्यटकहरुले सदियौंदेखि यो सौन्दर्य हेरिरहेका छन् ।

यो स्थान आत्माको शान्ति र प्रकृतिको महिमा गाउने ठाउँ हो । आजको यो चिसो तर सफा मौसममा, घामको किरणले स्तुपको सुनौलो गजुर चम्किरहेको छ । तल उपत्यकामा घरहरूको लहर, दूर हिमशृङ्खला र आकाशमा उड्ने चराहरू – सबै मिलेर एउटा अद्भुत चित्र कोरिरहेका छन् ।

यहाँ विभिन्न देशका विदेशी पर्यटकहरू उत्साहित छन् । जाडो याममा पनि विदेशी पर्यटकहरूको आगमन बढ्दो छ । स्वयम्भूनाथजस्ता स्थानहरूले नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई विश्वभरि चिनाउँदैछन् । यो चिसो मौसमले पर्यटकहरूलाई न्यानो स्वागत गरिरहेको छ ।

काठमाडौं मात्र नभई उपत्यकाकै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको परिचायक स्वयम्भू बौद्धमार्गीको आस्थाको केन्द्रमात्रै होइन, यहाँ सबै धर्मावलम्बीको उत्तिकै घुइँचो लाग्छ ।अझ काठमाडौं घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरूको स्वयम्भू नघुमी घुमफिर तथा देशाटन पूर्ण हुँदैन ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल