१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

कार्यवाहक प्रमुखको जिम्मेवारीमा आएपछि डंगोलबाट विभागीय प्रमुखहरुसँग छलफल

कार्यवाहक प्रमुखको जिम्मेवारीमा आएपछि डंगोलबाट विभागीय प्रमुखहरुसँग छलफल
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताले राखेका अपेक्षालाई मूल बाटो ठानेर काम गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
कार्यवाहक प्रमुखको जिम्मेवारी आएपछि आज पहिलो पटक विभागीय प्रमुखहरुको बैठक बोलाएर उहाँले भन्नुभयो, ‘‘सुशासन’, ‘नागरिक अपेक्षा’ र ‘असल तथा सफल अभ्यासको निरन्तरता’का लागि हामी सबैको दृष्टि एकै ठाउँमा हुनुपर्छ । यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, ‘पारदर्शिता’, ‘इमान्दारिता’ र ‘जनभावना’ प्रति उत्तरदायी भएर, फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला ।’

‘नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।’ डंगोलले भन्नुभयो, ‘समन्वय, सहकार्य र साझेदारितालाई सुदृढ बनाउनुपर्छ । पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ । कार्यान्वयन गर्छौँ भनेका योजना कार्यान्वयनमा आएकै हुनुपर्छ ।’

कार्यवाहक प्रमुख डंगोलले, भोलिदेखि निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम राख्नुभएको छ ।

आजको वैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र विभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।