१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



अ+ अ-

दमौली । पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो ।

बस चालक चितवन, इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने ३८ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।