२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: १ सय ७० जनाको मृत्यु, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान



अ+ अ-

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई सावधानी अपनाउन आग्रह गरेको छ । घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय रहेको र त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले औंलाएका छन ।

कोरोना भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको बारेमा छलफल गर्न डब्लुएचओद्वारा बिहिबार बैठक रहने भएको छ । त्यसैगरी स्विट्जरल्याण्डको जेनेभामा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जानु भयावह अवस्थाको संकेत रहेको पनि बताए ।

उनले अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि संक्रमितको संख्या खासै धेरै नरहेको, तर अवस्था भने चिन्ताजनक नै रहेको पनि बताए । डब्लुएचओले जनाए अनुसार कोरोनाका कारण सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी छ भने मृत्यु हुनेको संख्या १७० पुगिसकेको छ ।