२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे दोहन रोक्न सरोकारवालाहरुको माग



अ+ अ-

काठमाडौँ । अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औल्याए । पूर्व सहसचिव उमेश्वरनाथ गंगोलले देशभर चुरे विनाश बढ्दै गएकामा चिन्ता प्रकट गरे । उनले चुरे विनाश रोकथाम सरकारको मात्र नभएको र त्यसलाई रोक्न स्थानीयवासीको सक्रियता आवश्यक भएको बताए ।

समाजका महासचिव रामदरेश रायले पूर्वी तराईमा चुरे संरक्षणमा सक्रिय व्यक्ति तस्करको निसाना बनिरहेकोमा चिन्ता व्यक्त गरे । संरक्षणकर्मी इन्दिरा कोइरालाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । वातावरण विज्ञ भुवन गिरीले ढुङ्गा गिट्टी बालुवा उत्खनन अत्यधिक भइरहेको र त्यसबाट चुरे विनाश बढ्दै गएको बताए ।

कार्यक्रममा संरक्षणकर्मी अम्बिका गौतम, अञ्जु यादव, राजीव देव, सिन्धु भट्ट, श्यामसुन्दर यादव, शोभा गिरीलगायतले चुरे संरक्षणमा आवश्यक पहल गर्न सरकारसँग माग गरेका थिए । सो अवसरमा समाजले नेपाल पिछडापर्व महासङ्घको विद्यार्थी सङ्गठनका अध्यक्ष प्रकाशमणि राउतलाई सम्मान गरेको थियो ।