२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयले स्थगन गर्यो चीन उडान



अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले चीनका लागि तत्काल उडान स् रोक्ने भएको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण उडान तत्कालका लागि स्थगन गरेको हो।

एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ।

हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको थियो भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ। एयरलाइन्सकले चीनका बेइजिङ र छोङछिङमा नियमित उडान गर्दै आएको थियो भने सेन्जेन,छाङ्सा र सियानमा हप्तामा एकपटक चार्टड उडान गर्दै आएको थियो।

चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।