१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
अ अ+ अ-

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।

जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

अघिल्लो चुनावको तुलनामा आगामी चुनावका लागि दुई सय ७७ जना मात्र मतदाता थपिएका हुन् । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता थिए ।

८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरिएको छ ।

१५ अति संवेदनशील, ५८संवेदनशील र आठ सामान्य मतदानस्थल प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमनलाई तीव्रता दिनुभएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि म्याग्दीमा एक हजार छ सय १९ जनाको आवेदन परेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । सोमबारदेखि निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारीका विषयमा राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जिल्लाका सबै सरोकारवालाको सहयोगबाट म्याग्दीमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र निपष्क्ष रुपमा सफल बनाइने बताउनुभयो ।

“जिल्लामा सबै पक्षसँग सहकार्य गरेर चुनावलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गराउनका लागि हामी अघि बढेका छौँ,” उहाँले भन्नुभयो “सामूहिक प्रयत्नबाटनै चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने राष्ट्रिय दायित्व पूरा हुनेछ ।”

जिल्लामा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको उमेदवार टुङ्गो लगाएका छन् । एमालेले केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ र नेकपाले युवा नेता अर्जुन थापालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत राजनीतिक दलको उमेद्वार टुङ्गो लगाउन बाँकी छ । नेपाली कांग्रेसले जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर भण्डारी (केबी) तथा रास्वपाले जिल्ला सभापति युवराज रोकाको नाम उमेदवारका लागि सिफारिस गरेका थिए । रासस