२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपी राणा निलम्बित, पक्राउ पूर्जी जारी



अ+ अ-

काठमाडौं । संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बनमा परेका छन्। बिहीबार गृह मन्त्रालयले राणलाई निलम्बन गरेको हो।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।

जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्राउ गर्न अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ। ‘पक्राउ पूर्जीका लागि प्रहरी अदालत गइसकेको छ,’ गृहका एक उच्च अधिकारीले भने।

तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन।