२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपी राणा निलम्बित, पक्राउ पूर्जी जारी



अ+ अ-

काठमाडौं । संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बनमा परेका छन्। बिहीबार गृह मन्त्रालयले राणलाई निलम्बन गरेको हो।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।

जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्राउ गर्न अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ। ‘पक्राउ पूर्जीका लागि प्रहरी अदालत गइसकेको छ,’ गृहका एक उच्च अधिकारीले भने।

तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन।