१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ
फाइल फोटो
अ अ+ अ-

गण्डकी। माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिनुभएकी गायिका रचना रिमाल भोलिपल्ट नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा पुग्नुभयो । त्यसलगत्तै  आज उहाँले नुवाकोटको खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सवमा साङ्गीतिक प्रस्तुति दिनुभयो ।

गत पुस २२ गते बागलुङ महोत्सवमा प्रस्तुति दिनुभएकी रिमाल त्यसयता लगातार व्यस्त हुनुहुन्छ । यसबीचमा उहाँले गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, दाङको घोराही महोत्सवलगायत कैयौँ मेला–महोत्सवमा प्रस्तुति दिइसक्नुभएको छ । यही माघ १० गतेसम्म उहाँको साङ्गीतिक यात्राको तालिका तय भइसकेको छ ।

आइतबार कञ्चनपुरको महेन्द्रनगर, सोमबार कैलालीको टीकापुर महोत्सव, मङ्गलबार पर्साको माघी–ल्होछार मेला, बुधबार गैँडाकोट महोत्सव, बिहीबार बर्दियाको बाँसगढी महोत्सव, शुक्रबार बर्दियाको जयनगर र शनिबार नुवाकोट महोत्सवमा रिमालले प्रस्तुति दिनुहुनेछ । माघ महिनाभर देशका विभिन्न ठाउँमा आयोजित मेला–महोत्सवमा आफू व्यस्त रहने उहाँले बताउनुभयो ।

गायक दुर्गेश थापालाई पनि यतिबेला मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिका दिन मोरङको बेलबारी महोत्सवमा साङ्गीतिक प्रस्तुति दिनुभएका थापाले माघ ११ गतेसम्मको कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो ।

यसबीचमा उहाँ काठमाडौँ, अर्घखाँची, पोखरा, दमौली, सिक्किम, टीकापुर, बाँसगढी, देवचुली हुँदै सुर्खेतसम्मका साङ्गीतिक कार्यक्रममा पुग्दै हुनुहुन्छ । “पुस महिना पनि पूरै व्यस्त रहेँ, माघमा पनि धेरै ठाउँबाट माग आइरहेको छ”, थापाले भन्नुभयो, “योबेला देशभर मेला–महोत्सव हुने भएकाले कलाकार व्यस्त रहने समय हो ।”

गत वर्ष पनि यही याममा थापाको व्यस्तता बढेको थियो । त्योबेला सार्वजनिक भएको गीत ‘दुश्मन हेरेको हेरै…’ले चर्चा पाएपछि मेला–महोत्सवमा उहाँको माग बढेको थियो । गत वर्षको फागुनमा मात्र थापाले ३२ ठाउँमा साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्तताका कारण समय दिन नभ्याएको उहाँको भनाइ छ । थापा केही महिनाअघि अमेरिकाको एक महिना लामो साङ्गीतिक यात्रा सकेर फर्कनुभएको थियो ।

देशविदेशको साङ्गीतिक यात्रासँगै नयाँ गीत ‘नाच नाच भाइ नाच…’ दर्शक÷स्रोतामाझ ल्याउने तयारीमा थापा हुनुहुन्छ । यही माघ १० गते आफ्नो र छोरा दक्षितको जन्मदिन पारेर गीत सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । “दुश्मन हेरेको हेरै… गीतको सफलताले मलाई पनि थप उचाइ दियो, दर्शक÷स्रोताको साथ र माया पाइरहेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष मेरा लागि धेरै महत्वपूर्ण रह्यो, साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न पाएँ ।”

दुई वर्ष चलचित्र निर्देशन र अभिनयमा व्यस्त रहनुभएका गायक तथा अभिनेता प्रकाश सपुत पनि यसपालि साङ्गीतिक मञ्चमा फर्किनुभएको छ । उहाँ पनि ‘मेला यात्रा’का क्रममा देशका विभिन्न ठाउँमा पुगिरहनुभएको छ । माघ लागेपछिका उहाँको व्यवस्तता पनि उस्तै छ ।

माघे सङ्क्रान्तिको दिनमा अर्घाखाँची महोत्सव र भोलिपल्ट नवलपरासीको देवचुलीमा प्रस्तुति दिनुभयो । आज पोखरा महोत्सवमा प्रस्तुति दिएपछि सपुत आइतबार स्याङ्जाको चापाकोट पुग्नुहुनेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगर, बर्दियाको राजापुर, बाँसगढी, कैलालीको टीकापुर, दाङको लालमिटया, सिन्धुलीलगायत जिल्लामा कार्यक्रम तय भइसकेका उहाँले जानकारी दिनुभयो ।

मनोरञ्जन, सेवा र सामाजिक सन्देशसहित एनसेल फाउण्डेशनसँगको सहकार्यमा ‘प्रकाश सपुतः मेला यात्रा–२०८२’ आयोजना गरिएको सपुतले बताउनुभयो । हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर चल्छ । ठाउँ र पर्व विशेषका ससाना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा कलाकारको आर्थिक उपार्जनको स्रोत बन्ने उहाँको भनाइ छ ।

पछिल्लो समय देशविदेशमा हुने साङ्गीतिक कार्यक्रम र युट्युबबाट कलाकारले कमाइ गर्छन् । कुनै समय थियो चलेका गीतको क्यासेट लाखौँमा बिक्री हुन्थ्यो ।

गायक÷सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । अहिले जमाना फेरिएको छ । अडियो क्यासेट, सिडी, सिरआरबिटी, हुँदै सङ्गीत व्यवसाय युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । अडियो क्यासेट इतिहास भइसक्यो, सिडीको चलन नगन्य छ । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छन् । रासस