१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै



अ+ अ-

काठमाडौँ । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ ।

यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई अनुसरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए । विश्वकल्याणका लागि बुद्धले सिकाएको अहिंसा, मैत्री र करुणाको आदर्श फैलाउन दुःखकष्ट गरेर भए पनि पैदल यात्रा गर्न लागिएको उनले बताए ।

काठमाडौँको पश्चिममा रहेको चन्द्रगिरि डाँडा, मकवानपुरको चित्लाङ, हेटौंडा, नारायणघाट, भूमही, रामग्राम, लुम्बिनी, निग्रोधाराम हुँदै टोली निग्लिहवा पुग्नेछ । यात्राका क्रममा ठाउँठाउँमा भिक्षा मागेर भोजनको व्यवस्था गराइनेछ जुन बौद्ध भिक्षु व्यवस्थापनको अभिन्न पक्ष हो ।

यात्रामा थाइल्याण्डका भिक्षु सोमछाई महास्थवीरको नेतृत्वमा २० भिक्षु सहभागी हुने कार्यक्रम छ । यात्रा अवधिमा स्थानीयवासीलाई बुद्ध शिक्षा र शान्तिका बारे, ज्ञान, ध्यान, दर्शनका बारे जानकारी गराइनेछ । शान्ति यात्रा करिब ४०० किलोमिटर हुनेहुँदा यसक्रममा सिमेन्टका बुद्ध मूर्ति निर्माण गरेर केही स्कूल, हस्पिटल र विहार ९गुम्बा० लाई निःशुल्क वितरण गरिने जनाइएको छ ।