१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दुर्घटनामा दुईको मृत्यु, नौ घाइते



अ+ अ-

चितवन । जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा४ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना३९प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन् । जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना७ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना६ख १५०६ नंको ट्रक ठक्करहुँदा १० जना घाइते भएका थिए ।

घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ