२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ताे घरजग्गा किन्ने ? भृकुटीमण्डपमा वैशाखमा मेला हुँदैछ



अ+ अ-

काठमाडाैंः आगामी बैशाख ४ गतेदेखि ७ गते सम्म काठाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंम पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पु¥याएका व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउन सक्ने आयोजकले जनाएको छ । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने संघले जनाएको छ ।

मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारीहरु गराउन सफल हुने विश्वास समेत संघले गरेको छ । त्यस्तै एक लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा समेत संघले गरेको छ ।