११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह सचिवमा महेश्वर न्यौपानेले बाजी मारे, अख्तियारमा सुरेश अधिकारी



अ+ अ-

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरकारले गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिव बनाउने निर्णय गरेको हो ।

गृह सचिव प्रेम राईले अवकाश हुनु २ दिनअघि राजीनामा दिएपछि गृहमा सरूवा हुन केही सचिवकाे दाैड थियाे, तर अन्त्यमा न्यौपानेले बाजी मारेका छन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए । न्याैपाने पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनहुँदै अख्तियारमा पुगेका थिए ।

यस्तै अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरूवा गरिएकाे छ ।