२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी



अ+ अ-

बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन/निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिएका छन् । पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई सुत्ने व्यवस्थापन गर्न तल र माथि सुत्न मिल्ने गरी खाटको व्यवस्थापन गरी अटाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

कारागार शाखाको निरीक्षणपछि महान्यायाधिवक्ता खरेलले बस्ने ठाउँ साँघुरो भएकाले छिट्टै नगरपालिकासँग समन्वय गरेर कारागार व्यवस्थित गर्न लाग्नुपर्ने निर्देशन दिएका हुन् । “अरू ठाउँको अवस्था हेरेर सफासुग्घर नै पाइयो तर ठीकै छ भन्न त सकिँदैन”, खरेलले भने, “नगरपालिकासँग समन्वय गरे जग्गाको व्यवस्थापन गरी सार्न छिट्टै पहल गर्न लाग्नुहोस् ।” आफूले पनि नगरपालिका प्रमुखसँग कुरा गरेको र नजीकै १३/१४ रोपनी जग्गा रहेकाले त्यसलाई उपलब्ध गराउने विषयमा नगरपालिका तयार रहेको उल्लेख गर्दै त्यसतर्फ कारागार व्यवस्थापन शाखा लाग्न निर्देशन दिए ।

अहिले रहेको जिल्ला कारागार शाखा धुलिखेल रहेको जग्गा जम्मा तीन रोपनी आठ आना मात्रै रहेको जनाएको छ । कारागारमा बन्दीको सङ्ख्या घट्नुको साटो थपेकै भएको कारणले दीर्घकालीन रुपमा कारागार व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । सो क्रममा उनले कैदीबन्दीहरुको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए । सो क्रममा उनले कैद भुक्तान गरिरहेकाहरुले आफ्नो वकिल राखेर मात्रै मुद्दा लड्न र वकिल राख्न नसकेकाहरुले जिल्ला अदालतमा सम्पर्क गरेर त्यसबाट पनि सहयोग लिन र त्यस्ता वकिलहरुलाई रकम नबुझाउन सुझाव दिए ।

सरकारले त्यसखालको व्यवस्था निःशुल्क गरिदिएको कारण मुद्दा हेर्ने बेलामा वकिललाई आफ्नो अवस्थाबारे प्रस्ट भन्न उनले आग्रह गरे । सो अवसरमा उनले कैद भुक्तान गरिरहेका बन्दीहरुले मुडा र थुन्सेलगायतका आयआर्जनका काम गरिरहेकाहरुको अवस्थाबारे समेत जानकारी लिएका थिए ।