२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडीको खाताको रकम शान्ति समाजमा हस्तान्तरण हुने



अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन् । मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको सभापति उत्तम पुडासैनीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन्ताउन्न वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गरेका छन् । नागरिक आन्दोलनका अगुवासमेत रहेका पहाडीका नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन् । यी पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत उनले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिएका थिए ।