२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार कस्तो रहने छ मौसम, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु हुनेछ भएको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने भएको हो।

देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेपनि पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमको पूर्वानुमानले जनाएको छ ।

यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहने छ भने देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ।